कांग्रेसमा रुपान्तरण अभियान सञ्चालन गर्नुपर्छ: उपसभापति गुरुङ

RSS
28
Shares

नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले पार्टीभित्र रुपान्तरणको अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले आफूले रुपान्तरण र परिवर्तनको पक्षमा मत मागेर विजयी भएको बताउँदै अब पार्टीभित्र रुपान्तरण अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन्।

उपसभापति गुरुङले पार्टीभित्र विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै अगाडि बढ्ने पनि बताए । विधि र विधानअनुसार पार्टी चलाउने पक्षमा आफू रहेको उनको भनाइ थियो ।

उनले महाधिवेशनको सन्दर्भमा चुनावी प्यानल बनेपनि विजयी भएपछि पार्टी बलियो बनाउने कुरामा सबै लाग्ने बताए । उनले सरकार पनि नयाँ ढङ्गले चल्न आवश्यक रहेको उल्लेख गरे ।

उपसभापति गुरुङले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने बताए । कांग्रेस व्यक्तिको अनुहार लिएर जाने भन्दापनि विचार र सिद्धान्त लिएर जनतामाझ जाने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?