विप्लवका नाममा चुनढुंगा खानीको एक्साभेटरमा अागजनी

चितवन : नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नाममा चितवनमा अज्ञात समुहले चुनढुंगा खानीको एक्साभेटरमा अागो लगाएको छ । प्रत्यक्षदर्शीका अनुसार शनिबार बिहान ३ बजेतिर कालिका नपा-९ को चुनढुंगा स्टोरमा राखिएको डोजरमा उनीहरूले अागो लगाएका हुन् । 

सो स्थानको चुनढुंगा खानी स्टार लाइभ इन्डस्ट्रीले उत्खनन गरिरहेको छ । इन्डस्ट्रीले लुम्बिनी बुद्द कन्स्ट्रक्सनको एक्साभेटर प्रयोग गरिरहेको थियो । सोही एक्साभेटरमा अागजनी गरिएको हो ।

महानगरपालिकाको दमकल प्रयोग गरि एक्साभेटरमा लागेको अागो निभार्इएको चितवन प्रहरी प्रमुख शुशीलसिंह राठोरले जानकारी दिए । उनका अनुसार अागलागी गर्नेहरूले घटनास्थलमा विप्लव समुहको पर्चा छोडेर गएका छन् । 

पर्चामा स्थानीयसँगको सहमतिअनुसार चुनढुंगा खानी व्यवस्थापकले काम नगरेको, खानेपानी, बस्ती स्थानान्तरण र सडक निर्माण समेत नगरेकाले कारबाही गर्नुपरेको उल्लेख छ । यो चुनढुंगा खानी अवैद्य रूपमा खोलिएको जनाउँदै लामो समयदेखि स्थानीयले विरोध गर्दै अाएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?