काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमार्फत सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित भएका छन् ।
थारु क्लस्टरबाट उम्मेदवारी दिएका सहमहामन्त्री चौधरीले २ हजार ७ सय ५६ मतसहित निर्वाचित भएका हुन् । कृष्ण सिटौलाको प्यानलबाट उम्मेदवारी दिएका तेजुलाल चौधरीलाई पराजित गर्दै विजयी भएका हुन् । पराजित भएका तेजुलालले १ हजार ८ सय ७७ मत ल्याएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसको १४औँ महाधिवेशनमा तेस्रो धारका नेता सिटौलाले सभापति शेरबहादुर देउवालाई सहयोग गरेका थिए । विभिन्न क्लस्टरबाट ८ जना सहमहामन्त्री हुने कांगेसको विधानमा उल्लेख रहेको छ । हालसम्म सभापतिसहित २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । भने आजै केन्द्रीय सदस्यहरुको मतगणना हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया