९ माघ २०७८, आईतवार

काठमाडौँ–ताप्लेजुङ हवाई भाडा वृद्धि

२०७५,जेष्ठ,१९,शनिवार ०४:२७

0
Shares

ताप्लेजुङ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले काठमाडौं–ताप्लेजुङको हवाई भाडा वृद्धि गरेको छ । 

यसअघि रु पाँच हजार ३३० भाडादर रहेकामा अहिले रु एक हजार ८६५ बढाएर रु सात हजार १९५ पुर्याइएको निगमका ताप्लेजुङ इञ्चार्ज विकास राईले जानकारी दिए । एक्कासि वृद्धि भएको भाडादर यही जेठ १६ गतेदेखि लागू भएको छ । निगमको केन्द्रीय कार्यालयबाट नै नयाँ भाडादरसहितको परिपत्रि आएको राईले बताए । 

ताप्लेजुङको सुकेटार विमानस्थलबाट हरेक साता बुधबार र शुक्रबार काठमाडौं उडान भर्दै आएको निगमको उडान भने यही जेठ ८ गतेदेखि स्थगित छ । प्राविधिक कारण देखाउँदै स्थगित उडान जेठ २३ गतेदेखि नियमित गरिने बताइएको छ । 

यस वर्ष भने बर्खामा उडान स्थगन नहुने बताइएको छ । यसअघि असारदेखि तीन महिनासम्म वर्षायामले समस्या हुने जनाउँदै उडान स्थगन हुँदै आएको थियो । अहिले विमानस्थल कालोपत्रे भएकाले पनि वर्षायाममा नरोकिने राईको भनाइ छ । 

प्रकाशित मिति: २०७५,जेष्ठ,१९,शनिवार ०४:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १०.८३ अंकले

काठमाडौं । नेपालमा कोभिड(१९ को तेस्रो लहर सुरू भएसँगै यतिबेला विद्यालय बन्द छन् भने कलेजहरूले अनलाइन कक्षा सुरू गरेका छन्

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत बृद्धि भएको छ । सो अवधिमा रु नौ खर्ब

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ३००ले घटेको छ । गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा चालु

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४