काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा बद्री पाण्डे सहमहामन्त्रीमा निर्वाचित भएका छन् ।
पिछडिएको क्षेत्रबाट उम्मेदवारी दिएका पाण्डेले कर्णालीका मुख्यमन्त्री समेत रहेका जीवन बहादुर शाहीलाई पराजित गरेका हुन् । डा. शेखर कोइरालाको प्यानलबाट उम्मेदवारी दिएका पाण्डेले २४११ मतसहित जित हासिल गरेका हुन् ।
त्यस्तै सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवारी दिएका शाही २१३३ सहित पराजित भएका हुन् । दुवै जना पिछडिएको क्षेत्रबाट प्रतिस्पर्धा गरेका थिए ।
त्यसैगरी सोही क्षेत्रबाट उम्मेदवारी दिएका चेतराज बरालले ९९ मत पाएका छन् ।
नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मंसिर २७ गते निर्वाचन भएको थियो । निर्वाचनबाट १ सभापति, २ उपसभापति, २ महामन्त्रीसहित ८ सहमहामन्त्रीको अन्तिम नतिजा आइसकेको छ । भने अब केन्द्रीय सदस्यको मत गणना हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया