काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा किशोर सिंह राठौर सहमहामन्त्रीमा विजयी भएका छन् ।
शुक्रबार सार्वजनिक नतिजा अनुसार २ हजार ५ सय ६६ मतसहित राठौर विजयी भएका हुन् । उनी सभापति शेरबहादुर देउवा प्यानलका हुन् । उनले खस(आर्य तर्फबाट निकटतम प्रतिद्धन्द्धी देवराज चालिसेलाई हराएका हुन् ।
पराजित भएका चालिसेले २ हजार २ मत ल्याएका छन् । चालिसे सभापतिका प्रतिस्पर्धी डा. शेखर कोइराला प्यानलका हुन् । कुल ४ हजार ६ सय ८८ मत खसेको थियो ।
कांग्रेसको विधान अनुसार क्लस्टरबाट ८ जना सहमहामन्त्री छनोट हुने व्यवस्था रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया