सरकारमा दुई उपप्रधानमन्त्री, गोकुलको बढुवा

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा दुई उपप्रधानमन्त्री नियुक्त गर्दै चौथोपटक शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।ओलीले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी दिएका छन् ।
ओलीले रक्षामन्त्री ईश्वर पोखरेललाई उपप्रधानमन्त्रीको पनि जिम्मेवारी थपेका छन् भने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटलाई मन्त्रीमा बढुवा गरे ।
फोरम सहभागी भएपछि सरकारका पक्षमा दुई तिहाइ पुगेको छ । यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकल बहुमतको सरकार थियो । आजको राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?