काठमाडौं । नेपाली कांग्रेसको मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन्।
कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शुक्रबार भएको मतगणनामा मन्सुरले शेख वकिललाई पराजित गर्दै सहमहामन्त्री विजयी भएका हुन्।
मन्सुर सभापति शेरबहादुर देउवा समूहका प्रतिस्पर्धी हुन् । मन्सुरले २७७६ मत प्राप्त गरेका थिए भने वकिलले १८७१ मत प्राप्त गरेका थिए।
आज थारू, मधेसी, खस/आर्य र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीका लागि पनि मतगणना भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया