पुरुषलाई ल्वाङ किन खानु भनिएको होला ? यस्ता छन् अनौठा फाइदाहरू

लोकपथ
19.8k
Shares

धेरै जनाले पुरुषले ल्वाङ खानु पर्छ भनेर सिफारिस गरेको सुनिन्छ । तर किन पुरुषले ल्वाङ खानुपर्छ भन्ने कुरा स्पष्ट रूपमा बताउन उनीहरू सकिरहेका हुदैंनन् ।

मसलाको रूपमा प्रयोग हुँदै आएको ल्वाङलाई धेरैले दाँत दुखेमा वा मुखबाट दुर्गन्ध आउँदा सेवन गरेको बढी सुनिने गरिन्छ । तर पुरुषलाई ल्वाङ किन खान भनेको भन्ने कुरा कमैलाई थाहा होला ।

विभिन्न औषधीय गुण रहेको ल्वाङमा तामा, म्याग्नेसियम, भिटामिन बी, जिङ्क र बिटा क्यारोटिन जस्ता पदार्थहरू रहेको हुन्छ । यही गुणका कारणले गर्दा पनि ल्वाङको सेवन पुरुषलाई धेरै नै फाइदाजनक मानिएको हो । त्यसैले ल्वाङको नियमित सेवनले पुरुषमा देखिने विभिन्न किसिमका यौन दुर्बलता र समस्याहरूलाई समाधान गरेर शारीरिक क्षमताको समेत विकास गर्छ ।

ल्वाङमा के पाइन्छ ?
ल्वाङमा विभिन्न किसिमका रोगहरू हटाउने क्षमता रहेको हुन्छ । बिशेषत पुरुषहरूका लागि ल्वाङको सेवन धेरै किसिमले फाइदाजनक मानिन्छ । ल्वाङको नियमित सेवनले पुरुषलाई सधैँ फुर्तिलो, क्षमतावान् र वीर्यवान् बनाउन मद्दत गर्छ । ल्वाङमा पाइने विभिन्न किसिमका तत्त्वहरूले पुरुषलाई विशेष रूपमा फाइदा समेत गर्ने गरेको देखिन्छ ।

अनुसन्धान अनुसार ल्वाङमा सोडियम, क्याल्सियम, कार्बोहाइड्रेट, आइरन, म्याग्नेसियम, कपर र जिङ्क जस्ता तत्त्वहरू प्रशस्त पाइन्छ । यो बाहेक ल्वाङमा भिटामिन बी १, भिटामिन बी २, भिटामिन बी ४, भिटामिन बी ६ र भिटामिन सी जस्ता पौष्टिक पदार्थहरू पाइन्छ ।

पुरुषलाई ल्वाङको सेवन किन फाइदाजनक छ ?
पुरुषहरूले ल्वाङको नियमित सेवन गर्नाले पुरुषमा रहेको विभिन्न किसिमका यौन समस्याहरू हट्दै जान्छ । यो समस्या हटाउने काम ल्वाङमा रहेको आइरन, म्याग्नेसियम, फस्फोरस, पोटासियम, जिङ्क र सोडियमले गर्ने गर्छ ।

स्पर्म काउन्ट बढाउन
वीर्यमा शुक्रकीटको मात्रामा कमी भएको खण्डमा सन्तान उत्पादन हुन सक्दैन । यस्तो समस्या भएका पुरुषहरूले नियमित रूपमा ल्वाङको सेवन गरेमा शुक्रकीटको सङ्ख्या बढाउन सक्छन् । शुक्रकीटको सङ्ख्या बढाउने भनेर धेरै ल्वाङको सेवन गर्नु फाइदाजनक मानिँदैन । यस्तो अवस्थामा आयुर्वेद चिकित्सकको परामर्शमा गर्नु राम्रो मानिन्छ । ल्वाङको धेरै सेवनले पुरुषमा टेस्टोस्टेरोन हार्मोनमा गडबडी समेत ल्याउन सक्छ । यो पुरुष हार्मोन भएको कारण ल्वाङको अत्यधिक सेवन बेफाइदाजनक पनि मानिन्छ ।

यौन सम्बन्धी समस्या हटाउन
आयुर्वेदाचार्य पुरुषमा देखिने विभिन्न किसिमका यौन समस्याहरूलाई समाधान गर्न ल्वाङ खानका लागि सल्लाह दिने गर्छन् । दैनिक रूपमा केही मात्रामा ल्वाङको सेवन गरेमा पुरुषको यौन सम्बन्धी देखिएका विभिन्न समस्याहरू समाधान हुँदै जान्छ ।

ल्वाङका अन्य फाइदा
ल्वाङलाई मसलाको रूपमा प्रयोग गरिए पनि बढी जसो दाँत दुखेमा र मुखको दुर्गन्ध हटाउन बढी प्रयोग हुने गरेको देखिन्छ । यो बाहेक ल्वाङका अन्य धेरै फाइदाहरू पनि रहेको छ ।

आयुर्वेदाचार्यका अनुसार ल्वाङको प्रयोग यी कामहरू पनि गर्न सकिन्छ ।

– ल्वाङको सेवनले भोक बढाउन मद्दत गर्छ ।
– पिसाब र पिसाब नलीमा कुनै किसिमको समस्या भएमा ल्वाङको सेवन गर्नु राम्रो मानिन्छ ।
– ल्वाङको नियमित सेवनले पेटमा रहेका हानिकारक किराहरूलाई मार्ने गर्छ ।
– हड्डीलाई बलियो बनाउन ल्वाङको नियमित सेवन गर्नु राम्रो मानिन्छ ।
– शरीरमा रहेका हानिकारक पदार्थहरूलाई बाहिर निष्कासन गर्न ल्वाङको सेवनलाई उत्तम मानिन्छ ।
– ल्वाङको नियमित सेवनले पाचन तन्त्रलाई बलियो बनाउँछ ।
– शरीरमा रोग प्रतिरोधी क्षमताको विकास गर्न ल्वाङको नियमित सेवन गर्नु राम्रो मानिन्छ ।
– ल्वाङमा फाइबरको मात्रा प्रचुर हुने हुनाले यसको नियमित सेवनले कब्जियतको समस्याबाट पनि छुटकारा पाइन्छ ।

कुन समयमा ल्वाङ खाने ?
बहु गुणकारी मसलाको रूपमा रहेको ल्वाङको फाइदाहरूको विषयमा जानकारी पाएपछि तपाईँलाई पनि ल्वाङ खाएर आफ्नो शरीरमा भएका विभिन्न किसिमका समस्याहरू समाधान गर्ने इच्छा जाग्यो होला । ल्वाङको सेवन तपाईँले जुनसुकै समयमा पनि गर्न त सक्नु हुन्छ । तर ल्वाङको सेवन गरेर शरीरमा बढी फाइदा होस् भन्ने चाहनु हुन्छ भने ल्वाङको सेवन बिहानको समयमा गर्दा बढी फाइदाजनक मानिन्छ ।

यदि यौन सम्बन्धी समस्याहरू छन् भने ल्वाङको सेवन बिहान खाली पेटमा गर्नु बढी फाइदाजनक हुन्छ । यो बाहेक तपाईँले राती सुत्नु भन्दा अगाडी पनि ल्वाङको सेवन गर्न सक्नुहुन्छ । यसरी ल्वाङको सेवन गरेपछि मनतातो पानी पिउनु भयो भने अझ बढी फाइदा गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?