एमाले महासचिव भन्छन्- ‘एमसीसीको बारेमा सरकारले के गर्छ भन्ने टुंगो छैन’

लोकपथ
133
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे सरकारको धारणा स्पष्ट नभएको बताएका छन् ।

मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा महासचिव पोखरेलले सो कुरा बताएका हुन् । त्यस्तै एमसीसीका बारेमा पार्टीभित्र कुनै छलफल पनि नभएको समेत बताए । वर्तमान समयमा आफूहरु संसदमा सभामुखको भूमिकाका विषयमा चासो रहेको बताए ।

‘एमसीसीको बारेमा सरकारले के गर्छ भन्ने नै टुंगो छैन । संसदमा हाम्रो आफ्नै कुरा छ । सभामुखको भूमिका ।’ उनले भनेका छन्।

त्यस्तै पार्टीको नवौँ महाधिवेशन भन्दा दशौँ महाधिवेशनमा युवाहरु नेतृत्वमा आएको दाबी गरे । साथै माओवादीबाट एमालेमा आएकाहरुलाई कुनै विभेद नभएको समेत बताए ।

‘नवौं महाधिवेशनमा नीतिमा विमती थिएन । पार्टीको नीति सर्वसम्मत पारीत भयो ।’ उनले भने, ‘नवौं देखि पुस्तान्तरणमा अघि थियौ । अन्य पार्टीले फलो गरे धन्यवाद भन्न चाहान्छौ । ४५ प्रतिशत नयाँ अनुहार केन्द्रीय कमिटीमा छन् । पार्टीमा माओवादीबाट आएकालाई विभेद छैन । विभिन्न कालखण्डका परिवर्तनबाट आएकाहरुको प्रतिनिधित्व पार्टीमा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?