१ भाद्र २०७९, बुधबार

शैक्षिक पाठ्यक्रममा परिवर्तन, कक्षा ११ र १२ को फ्याकल्टी हट्यो

२०७५,जेष्ठ,१९,शनिवार ०१:४८

0
Shares

काठमाडौं- सरकारले विद्यालय तहको शैक्षिक पाठ्यक्रममा आमूल परिवर्तन गरेको छ । मुलुक संघीय प्रणालीमा गएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पनाअनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप पारित गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्द्वारा पारित राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ अनुसार कक्षा ११ र १२ मा चार विषय अनिवार्य गरिएको छ भने कक्षा ११ र १२ लाई एकल पथीय बनाइएको छ । योसँगै अब ११ र १२ कक्षामा संकाय प्रणाली हटाइएको छ ।

अब ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीले यसअघिको विज्ञान संकायको कुनै एक विषय र मानविकी तथा शिक्षाको अन्य कुनै पनि विषय रोजेर अध्ययन गर्न सक्नेछन् ।

कक्षा ११ र र१२ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा गरी चार विषय अनिवार्य गरिएको छ । कक्षा १० को स्वास्थ्य तथा जनसंख्या विषय हटाइएको छ । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

 

प्रकाशित मिति: २०७५,जेष्ठ,१९,शनिवार ०१:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ‘जस्ले जे भनोस् तर म काठमाण्डौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कम्से कम काम त शुरु

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले चोरी मुद्दाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले चोरी मुद्दामा  फरार रहेका

सुर्खेत । जिल्लाको कालिमाटी गाउपालिका वडा नम्बर- ७ घुईयाबारी बाट पाटे बाघ नियन्त्रण मा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आईरहेको बिशेष चेकिङ अभियान अन्तर्गत आज ५१ जना विद्यार्थीहरु कारवाहीमा परेका छन्

ताजा समाचार

बालेन र साम्पाङकाे फेुसबुके रमिता !
 २०७९,भाद्र,१,बुधबार २२:००
वडा कार्यालयको पनि शाखा !
 २०७९,भाद्र,१,बुधबार २१:४५