१२ मङ्सिर २०७९, सोमवार

नयाँ शक्तिद्वारा उम्मेदवार सिफारिश

२०७४,आश्विन,२५,बुधबार ०६:४२

0
Shares

जितपुर, कपिलवस्तु, २५ असोज ।आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि कपिलवस्तुमा नयाँ शक्ति पार्टीले उम्मेदवार छानेको छ ।तीन प्रतिनिधि सभा र छवटा प्रदेश सभा क्षेत्र रहेको यस जिल्लामा पार्टीको छैटौँ जिल्ला सचिवालय बैठकले उम्मेदवारको नाम टुङ्गो लगाएको हो । प्रतिनिधि सभा प्रत्यक्षतर्फ क्षेत्र नं १ मा प्रदेश संयोजक दानबहादुर चौधरी र रामलौटन तिवारी, क्षेत्र नं २ मा इन्द्रमणि पौडेल र क्षेत्र नं ३ मा इलियास मुसलमानलाई सिफारिश गरेको छ ।त्यस्तै प्रदेशसभातर्फ क्षेत्र नं १ को (क) मा मेघनाथ पौडेल र (ख) मा सुरेन्द्र तिवारी, क्षेत्र नं २ को (क) मा सन्तोष पाण्डे, (ख) मा राजेन्द्रमणि पाठक, क्षेत्र नं ३ को (क) मा मसहुद खां नेपाली, (ख) मा देवबहादुर भुसाललाई सिफारिश गरिएको छ ।त्यसैगरी प्रतिनिधि सभाको समानुपातिकतर्फ जिल्ला संयोजक नारायण खनाल, विष्णुहरि शर्मा, अब्दुल मोबिन मुसलमान, कुञ्ज विहारी चौधरी र मोहम्मद तौफिक खाँको नाम सर्वसम्मत रुपमा सिफारिश गरिएको पार्टी जिल्ला संयोजक नारायण खनालले जानकारी दिए ।यता प्रदेश सभाको समानुपातिकतर्फ क्षेत्र नं १ मा चोपलाल राहुल, इन्द्रमणि चौधरी र विन्द्रावती तिवारी, क्षेत्र नं २ तर्फ आत्माराम पौडेल र छविलाल हरिजन, क्षेत्र नं ३ तर्फ मोहम्मद इस्हाक र मुकुट यादवको नाम सर्वसम्मत रुपमा सिफारिश गरेको खनालले बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार ०६:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दाङ । लुम्बिनी प्रदेशसभामा सत्ता गठबन्धन बहुमत उन्मुख देखिएको छ । लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ ५२ सिटमध्ये हालसम्म एमालेले १३

कपिलवस्तु । नैतिक आचरण विपरीत मदिरा सेवन गरेको आरोपमा एक मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । जिल्लाको क्षेत्र नम्बर ३

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि रुपन्देहीमा मतदान स्थल तयार भएको छ

बाँके। जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नम्बर २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले एउटा ऐतिहासिक क्षण अब

ताजा समाचार

गढ मानिने चितवन–३ मा कांग्रेस पाँचौँ
 २०७९,मङ्सिर,१२,सोमवार ११:०५
आज लगनगाँठो कस्दै अभिनेता सलोन
 २०७९,मङ्सिर,१२,सोमवार ०८:१६
स्पेन र जर्मनीको खेल बराबरी
 २०७९,मङ्सिर,१२,सोमवार ०७:३९
कस्तो रहला आज दिनभरको मौसम ?
 २०७९,मङ्सिर,१२,सोमवार ०७:२८