प्रधानमन्त्री देउवालाई अध्यक्ष दाहालद्वारा बधाई

RSS
13
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले महाधिवेशनबाट निर्वाचित सभापति देउवासहित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका हुन् । भेटका अवसरमा उनीहरुबीच चालू संसद्लाई नियमित सञ्चालन गर्नेलगायतका समसामयिक विषयमा सर्वदलीय बैठक बोलाउनेबारे छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

सो अवसरमा अध्यक्ष दाहालले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कारवाहीका बारेमा पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?