सेञ्चुरी कमर्सियल बैंकद्वारा लाभांश प्रस्ताव

लोकपथ
299
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंक आज (शुक्रबार) बसेको सञ्चालक समितिको ३५२औँ बैठकले चुक्ता पुँजीको ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पास गरेको हो ।

बैंकको हाल कायम कायम चुक्ता पुँजी ९ अर्ब ३ करोड ४४ लाख २९ हजार ५ सय २ रुपैयाँमा ५.७५ प्रतिशतले हुनआउने रकम ५१ करोड ९४ लाख ८९ हजार ६ सय ९६ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुनआउने रकम २ करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी ११औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात् लाभांश वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?