कांग्रेस सहमहामन्त्री मतगणना : महेन्द्र यादवको अग्रता

लोकपथ
224
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मधेसी क्लस्टरबाट सहमहामन्त्रीमा महेन्द्र यादवले अग्रता लिएका छन् । उनी देउवा प्यानलका हुन् ।

उनले ९०० मत गणना गर्दा ५३० मत ल्याएका छन् ।

त्यसैगरी शेखर कोइराला समूहका रामकृष्ण यादव ३९१ मतसहित उनलाई पछ्याइरहेका छन्। अर्का उम्मेदवार रञ्जित कर्णले १०८ मत पाएका छन्।

कांग्रेसमा विभिन्न ८ क्लस्टरबाट सहमहामन्त्री निर्वाचित हुने प्रावधान रहेको छ । जसमध्ये महिला, दलित र जनजातीको मतगणना भई अन्तिम परिणाम आइसकेको छ । आज खस आर्य, मधेसी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रका सहमहामन्त्रीको मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?