सर्वोच्चद्वारा भिएलएनको रिट खारेज

काठमाडौँ-कामदारसँग अवैध रुपमा रकम असुलेको आरोपमा पक्राउ परेका मलेसिया भिएलएन नेपालका सञ्चालक रामप्रसाद श्रेष्ठको रिहाइ माग्दै परेको रिट सर्वोच्च अदालतले शुक्रबार खारेज गरेको छ ।

न्यायाधीशहरु बमबहादुर श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासले उक्त रिट खारेज गरेको हो। रिटमा श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको दाबी गरिएको थियो।  भिएलएनले मलेसिया जाने कामदारको राहदानी संकलन गर्ने र भिसा लगाउन दूतावासमा संकलित राहदानी पेस गर्न भन्दै प्रतिकामदार ६ हजार ४ सय रुपैयाँ लिदै आएको छ। कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?