कांग्रेस सहमहामन्त्रीको मत गणना : पिछडिएको क्षेत्रबाट पाण्डेको अग्रता

लोकपथ
2k
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसको ५ सहमहामन्त्रीको मतगणना जारी छ । विभिन्न कोटाबाट उम्मेवार रहेका मध्ये अहिले मुस्लिम, मधेशी, पिछडिएको क्षेत्र, थारु, खस-आर्य को मतगणना भएको छ ।

पिछडिएको क्षेत्र अन्तर्गत सहमहामन्त्रीको १०० मतगणना सकिएको छ । जसमा बद्री पाण्डेले पाण्डेको अग्रता कायम राखेका छन् । १०० मत गणना गर्दा पाण्डेले ५१ मत ल्याएका छन् । त्यस्तै ४७ मतभार ल्याउँदै जीवनबहादुर शाहीले उनलाई पच्छ्याइरहेका छन् । त्यस्तै अर्का एम्मेदवार चेतराज बरालले २ मत मात्रै प्राप्त गरेका छन् ।

कांग्रेसको विधान अनुसार ८ सहमहामन्त्री हुनेछन् । जसमा यसअघि नै ३ कोटाको सहमहामन्त्रीसहित सभापति, उपसभापति र महामन्त्रीको अन्तिम नतिजा आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?