लिबियामा मानवतस्करद्वारा १२ अाप्रवासीको हत्या

जनेभा : लिवियामा मानव तस्करहरुले १२ जना आप्रवासीको हत्या गरेका छन् । दर्जनाैंलार्इ घार्इते बनार्इदिएका छन्  । 

संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकाय युएनएनसीअारका अनुसार इथियोपीया र सोमालियाजस्ता मुलुकबाट ल्यार्इएका नागरिकहरूलार्इ मानवतस्करहरूले निरन्तर हत्या गरिरहेका छन् । 

गते मे २३ तारिखमा पनि मानवतस्करहरूले अाप्रवासीको हत्या गरेका छन् । लिबियाको राजधानी त्रिपोलीबाट १८० किलोमिटर टाढा बानी बालिडमा तस्करहरूले अाप्रबासीको हत्या गरेका हुन् । स्थानीय प्रशासकहरूले १४० जनालार्इ मानवतस्करको नियन्त्रणबाट मुक्त गरेका छन् । 

चर्को श्रम शोषण सहन नसकेर भाग्न लागेका अाप्रबासीहरूलार्इ मानवतस्करहरूले सिधै गोली हानि हत्या गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?