युक्रेनमा २४० बालबालिका मारिए

केभ : युक्रेनमा भएको द्वन्द्वका क्रममा २४० भन्दा बढी बालबालिकाहरूको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर युक्रेनको विदेश मन्त्रालयले सार्वजनित गरेको तथ्याङ्कअनुसार सन् २०१४ देखि शुरू भएको लडार्इंका कारण बालबालिकाले ज्यान गुमाउनुपरेको हो । 

युक्रेनको पूर्वी क्षेत्रमा सन् २०१४ को अप्रिलदेखि द्वन्द्व सुरु भएको थियो। त्यस क्षेत्रका सहरहरूलाई आफ्नो नियन्त्रणमा राख्न सरकारी पक्षले रक्षात्मक आक्रमण गरिरहेको दावी गरेको छ । तर, क्रिमियालार्इ रूसले अाफुमा गाभिसकेको छ ।  

द्वन्द्व प्रभावित क्षेत्रमा अहिले पनि बालबालिकाहरु खतरामा रहेका र उनीहरूलाई सुरक्षा गर्न अावश्यक रहेको युक्रेनका विदेशमन्त्री प्याभ्लो क्लिम्किनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?