गोकुलेश्वर कृषि क्याम्पसका स्ववियू कोषाध्यक्ष दिनेश जमरकट्टेलमाथि सांघातिक आक्रमण

बैतडी – बैतडीको गोकुलेश्वर कृषि क्याम्पसका स्ववियू कोषाध्यक्ष दिनेश जमरकट्टेलमाथि अनेरास्ववियूका कार्यकर्ताले आक्रमण गरेका छन् ।    

शुक्रबार साँझ उनीमाथि गोकुलेश्वर कृषि क्याम्पसकै इकाई अध्यक्ष  कुबेर रोकाया, सचिव मनसुन दाहाललगायतले  आक्रामण गरेका हुन् ।

 साँझ केहि नयाँ विद्यार्थीसहित क्यान्टिनमा खाना खान हिँडेका जमरकट्टेलमाथि एकाएक  रोकाय र दाहालले आक्रमण गरेका थिए ।
 

सुरुमा  दाहालले  हातपात गरेको र त्यसलगत्तै रोकायले पनि हातपात गर्न थालेपछि आफूले भागेर ज्यान जोगाउन सफल भएको जमरकट्टेलले जानकारी दिए ।

उनका अनुसार भाग्न थालेपछि आक्रामणकारीले बियरका बोत्तल र ढुंगाले प्रहार समेत प्रहार गरेको समेत उनले बताए । यद्यपी बियरका बोत्तल र ढुंगा छल्न सफल हुँदा बाँच्न सफल भएको उनले बताए ।

 केहि पहिले नेविसंघका कार्यकर्ता र अखिलका कार्यकर्ताबीच सामान्य विवाद भएको र त्यसबारे बेखबर जमरकट्टेलमाथि  आज एकाएक आक्रामण भएको बताइएको छ ।

घटनापछि दिल्लासैनी गाउँपालिका वडा नम्बर ५ मा रहेको घटनास्थलमा स्थानीय प्रहरी पुगेपनि त्यत्तिकै फर्किएको छ ।  

घटनाको नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले  विरोध गर्दै दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।

यसैबीच   नेविसंघका मुख्यसचिव डिल्लीराज हमालले शुक्रबार  अबेर एक विज्ञप्ति जारी गर्दै जमरकट्टेलमाथि भएको आक्रमणको भत्सर्ना गरेका छन् ।

विज्ञप्तिमा आक्राणमा संलग्नमाथि छानबिन गरी कानूनी कारबाही गर्न माग गरिएको छ । अन्यथा नेविसंघ आन्दोलनमा उत्रन बाध्य हुने र यसबाट उत्पन्न हुने क्षतिको जिम्मेजारी सम्बन्धित निकायले लिनुपर्ने चेतावनी दिइएको छ ।

यस्तै  गोकुलेश्वर कृषि क्याम्पसका स्ववियू सभापति राजेन्द्र बल र पूर्व इकाइ अध्यक्ष सन्तोष अधिकारीमे पनि घटनाको विरोध गर्दै दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?