१२ माघ २०७८, बुधबार

पदभारत ग्रहण गर्दै के भने उपेन्द्र यादवले ?

२०७५,जेष्ठ,१८,शुक्रवार १५:५५

0
Shares

काठमाडौँ – नवनियुक्त उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य सेवा सबै जनाताको पहुँचमा पु¥याइने बताउनुभएको छ ।

स्वास्थ्य मन्त्रालयमा आज पदबहालीका क्रममा उपप्रधानमन्त्री यादवले अहिलेको आवश्यकता र परिवर्तित राजनीतिक सन्दर्भमा मुलुकको आर्थिक समृद्धिसँगै स्वास्थ्य सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।

“गुणस्तरीय स्वास्थ्य सेवा जनतामा कसरी पु¥याउने त्यो चुनौतीपूर्ण छ, उपलब्ध स्रोत साधन र जनशक्तिको पूर्ण परिचालन गरी प्रभावकारी ढंगले लक्ष्य हासिल गर्न सबैको सक्रियता चाहिन्छ,” उपप्रधानमन्त्री यादवले भन्नुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रमा नतिजामुखी परिणाम हासिल गर्न सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री यादव संघीय समाजवादी फोरम नेपालका अध्यक्ष हुनुहुन्छ । उहाँ यसअघि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भइसक्नुभएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा पुष्पा चौधरीले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा निकै प्रगति भए पनि जनतालाई गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूत गराउनु चुनौतीपूर्ण कार्य रहेको भन्दै मन्त्रालयले कुशल नेतृत्व पाएकाले लक्षित कार्यक्रमले साथर्कता पाउने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: २०७५,जेष्ठ,१८,शुक्रवार १५:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

देवदहमा भेटिएका शवको अझै पहिचान भएन
 २०७८,माघ,१२,बुधबार २०:५९
‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने
 २०७८,माघ,१२,बुधबार २०:५४