हत्याका दुई अभियुक्त पक्राउ

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११, धनेश्वरका ३७ वर्षीय ईश्वर थापाको हत्यामा संलग्न दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

गत सोमबार राति सोही ठाउँमा बस्दै आएका थापालाई हातखुट्टा भाँचिएको अवस्थामा प्रहरीले टहरा छेउमा नै मृतावस्थामा फेला पारेको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले साविक सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाविस–३ का १८ वर्षीय लक्ष्मण भनिने वसन्त खड्का र बनेपा नगरपालिका–४ का २२ वर्षीय राजु सिग्देललाई आज सार्वजनिक गरेको छ ।

उनीहरुलाई प्रहरीले थापाले आफ्नी आमालाई पटक पटक कुटपिट तथा विवाह गर्छु भन्दै मानसिक र शारीरिक यातना दिएका कारण आफूले सहन नसकी प्रतिकार गर्नुपरेको खड्काले बताउनुभयो । “घटना भएको दिन पनि आमालाई चोटपटक हुने गरी कुटपिट गरी नागरिकता र लालपुर्जालगायत अन्य कागजात लिएर गएको र ती कागजात लिन भनी जाँदा पिट्न खोजेका कारण टहरा नजिक भेटेको बाँसको लठ्ठी र रडले हानेको हुँ”, भन्नुभयो ।

 थापाले मादक पदार्थ सेवन गरी पटक पटक कोठामा गई गाली बेइज्जती गरी कुटपिट गरेको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक शाहले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?