प्रदेश नं ३ ले आगामी आर्थिक वर्षमा संघीय राजधानी काठमाडौँको प्रदूषण नियन्त्रण गरिने र प्लाष्टिकमुक्त शहर बनाइने लक्ष्य राखेको छ ।
प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै प्रत्येक जिल्लामा कृषिउपजका लागि सीपमूलक कार्यक्रम र एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
नीति तथा कार्यक्रममा भूमि आयोग गठन गरी अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाइने, आगामी पाँच वर्षभित्र प्रत्येक गाउँपालिकासम्म सडक सञ्जाल पु¥याई बाटो कालोपत्र गरिने र प्रत्येक गाउँपालिकामा १५ देखि ५० श्ययाको अस्पताल निर्माण गरिने उल्लेख छ ।
त्यसरी नै प्रदेशमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि पाइपलाइन बिछ्याइने, बलात्कार तथा घरेलु हिंसाविरुद्धको कडा कानून, जलविद्युत् लगानी बोर्डको स्थापना, मुख्यमन्त्री ग्रामीण सडक, बहुप्राविधिक महाविद्यालय, प्रदेश सूचना उद्यान निर्माण र सञ्चालन, प्रेस रजिष्ट्रारको कार्यालय स्थापना र चलचित्र नगर निर्माण गरी सञ्चालनमा ल्याइने छ ।
विभिन्न क्षेत्रका एकाधिकार, प्राकृतिक स्रोतसाधनको अनधिकृत दोहन, सार्वजनिक जग्गाको अतिक्रमण, लागुऔषधको ओसारपसार र बेचबिखन, जबर्जस्ती चन्दा असुलीलगायत सबै किसिमका गैरकानूनी क्रियाकलाप नियन्त्रण गरिने, खाद्य संप्रभूताको सुनिश्चितताका लागि बहुआयामिक कृषि उत्पादनमा जोड दिइनेछ । प्रदेशस्तरीय जलस्रोत आयोग वा प्राधिकरण स्थापना गरी संघ तथा स्थानीय तहसँग समन्वय र सहकार्यमा अघि बढाइने योजना संसद्मा पेश भएको छ ।
त्यस्तै उद्योग, कृषि, घरेलु कार्यालय तथा अन्य कलकारखाना तथा औद्योगिक प्रतिष्ठानमा काम गर्ने श्रमजीवीको कार्यस्थल सुरक्षित बनाउनका लागि व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा मापदण्ड लागू गरिने तथा हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गरिने छ ।
उद्योग विकास तथा लगानी प्रवद्र्धन कोष खडा गरिने, प्रदेश औद्योगिक करिडोर एवं क्षेत्र स्थापना गरी सो स्थानमा उद्योग स्थापना तथा स्थानान्तरण गर्न प्रोत्साहन गरिने, आव २०७५÷०७६ लाई उद्योग वर्ष घोषणा गरी उद्योग स्थापना गर्नका लागि विशेष सुविधा दिइनेछ । प्रदेशलाई लगानीमैत्री बनाउन लगानीकर्तालाई जमीन, पानी, बिजुली र प्रवेशमार्ग सहज उपलब्ध गराइने, एकद्वार प्रणालीमार्फत कार्य गर्न कानूनी तथा नीतिगत सुधार गरिने,साना, घरेलु एवं कुटिर उद्योगलाई प्रोत्साहन गरी ‘एक घर एक रोजगार’को नीति अवलम्बन गरिने र उत्पादित वस्तु सहकारीमार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाइनेछ । एक स्थानीय तह एक उद्योग ग्राम स्थापना गरिनेछ ।
बौद्ध र पशुपति परिपथ
पर्यटन प्रवद्र्धनका लागि सरकारले साहसिक पर्यटन, घरबास, विकट तथा उच्च हिमाली क्षेत्रको पदमार्गमा आश्रय तथा आराम घर निर्माण, पदमार्गको स्तरोन्नति तथा नयाँ पर्यटन पदमार्गको पहिचान गर्दै सांस्कृतिक तथा धार्मिक पर्यटनको विकास तथा विस्तार, अन्तर्राष्ट्रिय बौद्ध परिपथ र अन्तर्राष्ट्रिय पशुपति परिपथको सम्भाव्यता अध्ययन, रसुवा जिल्लाको स्याफ्रुबँेसीदेखि लाङ्टाङ उपत्यकाको क्याङजिङ पदयात्रा मार्गलाई डा प्रह्लाद योञ्जन रेड पाण्डा पदयात्रा मार्ग नामकरण गरिने, गोसाइँकुण्डलगायत स्थानमा केवलकार स्थापना गर्न सम्भाव्यता अध्ययन गरिने कार्यक्रममा उल्लेख छ ।
फर्पिङस्थित नेपालको पहिलो विद्युत्गृह चन्द्रज्योति विद्युत्गृह, सुन्दरीजल जलविद्युत्गृह, पहिलो मानवनिर्मित चुरिया सुरुङजस्ता ऐतिहासिक सम्पदालाई राष्ट्रिय सम्पदा घोषणा गरी पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकारसँग समन्वय र सहकार्य गरिने योजना सरकारको रहेको छ ।
काठमाडौँ उपत्यका काँठ ग्रामीण चक्रपथ, कम्तीमा १०० मेगावाटसम्मको जलविद्युत् आयोजना निर्माण, गौरीशंकर–जुगल–गणेश हिमालका आधार शिविर जोड्ने उच्च हिमाली पदमार्ग, प्रदेश विश्वविद्यालय, मरिन शहर निर्माण, भक्तपुर–पाँचखाल सुरुङमार्ग र इन्द्रावती–भीमटार–पाँचखाल सिँचाइ परियोजना छन् ।
प्रदेश प्रमुखलाई धन्यवाद प्रस्ताव
प्रदेश नं ३ को आजको दोस्रो बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले सरकारको नीति तथा कार्यक्रम २०७५÷७६ को प्रति टेबुल गर्नुभयो । बैठकमा प्रदेशसभा सदस्य रामेश्वर फुयाँल प्रस्तावक रहनुभएको धन्यवाद ज्ञापन प्रस्तावलाई सदस्य बुद्धिमान माझीले समर्थन गर्नुभयो ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक यही जेठ १९ गते बिहान ११ बजे बस्ने जानकारी दिनुभयो । (तस्वीर उपलब्ध छ)
–––
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया