काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा. भीष्म अधिकारीले आज पदभार ग्रहण गरेका छन्।
शुक्रबार नवनियुक्त कार्यालय सचिव अधिकारीलाई महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव शेरबहादुर तामाङलगायतले स्वागत गरेका हुन्।
डा. अधिकारीलाई यही मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी दिएको थियो ।
यसअघि कार्यालय सचिवमा शेरबहादुर तामाङ रहेका थिए । तत्कालीन नेकपा विभाजनपछि एमाले आफ्नो कित्तामा उभिएपछि तामाङलाई कार्यालय सचिवको जिम्मेवारी दिइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया