१ भाद्र २०७९, बुधबार

दूध हो र हजुर पानीमा कहाँ तर लाग्छ

२०७५,जेष्ठ,१८,शुक्रवार १३:३६

0
Shares

काठमाडौँ । ‘दूध हो र हजुर पानीमा कहाँ तर लाग्छ 
सन्तको भन्दा अचेल चोरको चाहिँ भर लाग्छ 
जब याद आउँछ दुःशासन र द्रौपदीको 
शत्रुसँगभन्दा आफन्तसँग बढी डर लाग्छ ।’ 

गीतकार तथा लघुकथाकार सुवासचन्द्र ढुङ्गेलले आफू मुक्तककार पनि रहेको परिचय आज यहाँ २५ मुक्तक वाचन गरेका छन् ।

सांस्कृतिक संस्थान र डिएमपिएस पूर्वविद्यार्थी समाज सानोठिमीको आयोजनामा आज यहाँ भएको एकल मुक्तक वाचन र साङ्गीतिक कार्यक्रममा उनले मुलुकमा असल नेता नजन्मिएको, देवता र राक्षस गुण भएका छुट्याउन गाह्रो भएको, कालो धनको प्रयोग गर्न पुरस्कारहरु स्थापना गरिएको, युवाहरु विदेशमा रोजगारका लागि बाध्य भएर जानुपरेको जस्ता विषय उठाएका थिए ।

कार्यक्रममा साहित्यकार चेतन कार्कीले ढुङ्गेलका मुक्तकमा कतैकतै अनुप्रास नमिले जस्तो लागे पनि भावना र संवेगका दृष्टिले सशक्त रहेको बताए । साहित्यकार राजेन्द्र थापाले मुक्तक गाह्रो विधा भए पनि यसले लाखौँ मानिसलाई मन्त्रमुग्ध बनाउन सक्ने विचार राखे ।

संस्थानका महाप्रबन्धक राजेश थापाले संस्थाले हरेक महीनाको पहिलो बिहीबार सङ्गीत, दोस्रो बिहीबार काव्य र चौथो बिहीबार गायन कार्यक्रम आयोजना गर्ने गरेको जानकारी दिए । साहित्यकार प्रकाश सायमीले ढुङ्गेल ३० को दशकमा उदाएका गीतकार भएको बताए । कार्यक्रममा ढुङ्गेलद्वारा लिखित ‘मेरा यी हातहरुमा तरबार र छुरा नहोस्’, मनविना बाँच्न पाए हुन्थ्यो दुईचार वर्ष, ‘जति पीडा’, ‘चोट के हो’, ‘उसको नजरमा’, ‘जति चोट दिन्छौ’ बोलका गीत मेनुका पौडेल, अधिश्री कसपाल र दिवाकर शर्माले गाएका थिए ।

‘आजभोलि तँ त साह्रै बेइमान भइस् ऐना 
मेरो थिइस् मेरैविरुद्धमा लागिस् ऐना 
कति धेरै खुशी थिएँ आफूलाई जवान ठान्दा 
सोध्दै नसोधी मेरो उमेर भन्दिइस् ऐना ।’ 

प्रकाशित मिति: २०७५,जेष्ठ,१८,शुक्रवार १३:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सुकेश चन्द्रशेखर मामलामा अभिनेत्री ज्याकलिन फर्नान्डिज समस्यामा फस्दै गएकी छन् । उनलाई प्रवर्तन निर्देशनालय (ईडी) ले आरोपी बनाएको

काठमाडौं । बालबालिकालाई सचेत गराउने उद्देश्यका साथ ‘नचिनेको मान्छेसँग जाँदिनँ’ पुस्तक सार्वजनिक भएको छ । अपरिचित मान्छेलाई विश्वास गर्नु हुँदैन

काठमाडौं । सन् ९० को दशककी बलिउडकी लोकप्रिय अभिनेत्रीमा मनीषा कोइराला पनि पर्छिन् । उनले सन् १९९१ मा रिलिज भएको

मुम्बई । आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’लाई लिएर भारतमा विरोध भइरहेको छ । हाल प्रदर्शनरत फिल्मले विरोधकै कारण भारतमा

ताजा समाचार

बालेन र साम्पाङकाे फेुसबुके रमिता !
 २०७९,भाद्र,१,बुधबार २२:००
वडा कार्यालयको पनि शाखा !
 २०७९,भाद्र,१,बुधबार २१:४५