दिल टुटेको छ? योगद्वारा यसरी जोड्नुस् टुटेको मन

भन्ने गरिन्छ कि, बरु मन्दिर या मस्जिद तोड तर मन्दिर नतोड । यदि हामी कसैलाई चाहन्छौं भने अक्सर उसैले नै दिल तोड्ने गर्छ । जसकारण आफैले आफैलाई कमजोर महसुस गर्ने गर्छौं । तर, आफ्नो टुटेको मनलाई योगका माध्यमबाट पनि जोड्न सकिन्छ ।

ब्रेकअप भएपछि मन बारम्बार पुराना कुरामा जाने गर्छ । पुराना यादले पिरोलेर बेचैन बनाउने गर्छ ।  हर समय दिमागमा बितेका कुरा आउने गर्छन् । जसले मनलाई अझ बढी विचलित गरिदिन्छन् ।

आफ्नो मन र दिमागलाई शान्त गर्नका लागि खुला हावामा आफूलाई छोड्नुस् । ध्यान मुद्रा गर्दा पनि तपाईं ती पुराना कुराबाट बाहिर निक्किन सक्नुहुन्छ । जसलाई धेरै माया गर्नुुहुन्छ, उसलाई भुलेर फेरि आफ्नो शरीरमा नयाँ उर्जा ल्याउनका लागि भ्रामरी प्रणायाम गर्नुहोस् ।

सम्बन्ध टुटेपछि पीडा त हुन्छ नै । साथै हीन भावना पनि मनमा आउने गर्छ । आफ्नो आत्मविश्वासमा कमी आउने गर्छ । आफूले गुमाएको आत्मविश्वासलाई फेरि पाउनका लागि  नटराज आसन गर्नुहोस् ।

अक्सर मान्छे मन टुटेपछि आफ्ना पछिल्ला कुरालाई लिएर रुमल्लिन्छन् र यस्तो गल्ती फेरि नगर्ने भन्ने सोच्छन् । यसलाई कम गर्नका लागि निद्रा आसन गर्दा आफूलाई धेरै राहत मिल्छ ।

अर्थात्, तपाईको तनावलाई कम गर्नका लागि ध्यान मुद्रा, भ्रामरी प्रणायाम, नटराजन आसन र निद्रा आसन गर्ने गर्नुस् । तपाईंका समस्या कम हुँदै जानेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?