के जम्ला त प्रदीप र साम्राज्ञीको जोडी?

काठमाडौं । चलचित्र ‘लिलिबिली’ को कमाइले फिल्म क्षेत्रमा खासै धमाका मच्चाउन सकेन तर यसको हल्लाले राम्रै बजार पिट्यो । भनौं, फिल्मले लगानी उठायो भनेर भनियो पनि ।

तर, फिल्म रिलिज हुँदै गर्दा यसका निर्देशक मिलन चाम्स र प्रदीप खड्काको खटपट भएको समाचार आयो । त्यो हिसाब किताब शायदै मिल्न बाँकी हुँदा मिलन चाम्सको फेरि निर्माता गोविन्द शाहीसँग पनि ठाकठुक भयो ।

हल्ला त मिल्यो तर लिलिबिली टिमले फेरि प्याचअप भने गरेन । बरु चाम्सले अनमोललाई लिएर फिल्म बनाउने घोषणा गरे । त्यसको केही समयपछि नै गोविन्द शाही र प्रदीप खड्काले पनि अर्को फिल्मको घोषणा गरिदिए । गोविन्द र प्रदीप मिलेर बनाउने फिल्मको नाम रहने भयो – ‘लभ स्टेसन ।’

यही नाममा बन्ने फिल्ममा प्रदीप नहुने त कुरै भएन तर यो फिल्ममा जोडी को राख्ने भन्नेमा अझै पनि कुरा मिलिरहेको छैन । निर्माता गोविन्द शाहीको अनौपचारिक भनाइ अनुसार यो फिल्ममा हट नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पनि लिने कुरा छ । 

तर साम्राज्ञी फिल्ममा हुने कि नहुने भन्ने बारेमा अझै फाइनल नभएपनि फिल्ममा प्रदीपको जोडी साम्राज्ञी नै हुनसक्ने प्रवल सम्भावना छ । किनकि यो स्टोरीमा फिल्म बन्यो भने फिल्म सुपरहिट हुन पनि सक्छ, र यो दुवैले चाहेका छन् कि फिल्म एक किसिमले हिट नै होस् ।

खबरका अनुसार फिल्मको कथा रोमान्टिक छ र लभ स्टोरीमा बन्नेछ । यो फिल्ममा गोविन्द शाही र प्रदीप खड्काले लगानी गर्नेछन् ।

लिलिबिलीकी नायिका जसिता गुरुङको नाम पनि फिल्म खेल्ने भनेर जोडिएर आएपनि अझै को कोलाई राख्ने भनेर चयन भइसकेको छैन । त्यसो त फिल्ममा एउटा मात्र हिरोइन हुने छैनिन् । स्रोतका अनुसार तीन हिरोइनले फिल्म खेल्नेछन् ।

केही दिनभित्रै पत्रकार भेटघाट कार्यक्रम गरेर सार्वजनिक गर्ने निर्माण टिमले बताइरहेको छ तर दर्शकले भने प्रदीप र साम्राज्ञीको जोडीको आशा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?