एमालेले टुंग्यायो कार्यविभाजन, कसलाई के जिम्मेवारी ? (पूर्णपाठ)

लोकपथ
462
Shares

काठमाडौं । नेकपा एमालेको कार्यविभाजनले पूर्णता पाएको छ । यसअघि केन्द्रीय कमिटी बैठकले गरेका निर्णयलाई अनुमोदन गर्दै अन्तरपार्टी निर्देशीका जारी गरिएको छ ।

एमालेको नयाँ कार्यसमितिसहित मंसिर २५ र २६ गते काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय कार्यान्वयन गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु तोकिएको छ ।

अन्तरपार्टी निर्देशिकामा जिम्मेवारी तोक्दै एमालेले नेताहरूको वरीयता क्रम समेत टुङ्ग्याएको छ ।

दशौं राष्ट्रिय महाधिवेशनपछि एमालेले वरीयता क्रम टुङ्ग्याएको हो । वरीयता क्रममा अध्यक्ष केपी शर्मा ओली शीर्ष स्थानमा छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दोस्रो स्थानमा छन् ।

गत मंसिर १० देखि १४ गतेसम्म चितवनमा भएको राष्ट्रिय महाधिवेशनले ३०१ जनाको कार्यसमिति समेत चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?