१२ माघ २०७८, बुधबार

‘राज्यको ढुकुटीको दुरुपयोग हुन नदिनेतर्फ सरकार सचेत’

२०७५,जेष्ठ,१८,शुक्रवार १२:५०

0
Shares

काठमाडौँ- अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान सरकार दुई तिहाइ बहुमतको भए पनि आर्थिक अनुशासनभित्र रहेर चल्ने बताउनुभएको छ ।

 राष्ट्रियसभामा आव २०७५÷७६ को आयव्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले  राज्यको ढुकुटीको दुरुपयोग हुन नदिनेतर्फ सरकार सचेत र सजग  छ भन्नुभयो ।

उहाँले सरकार कालो धनको पक्षमा नरहेको जनाउँदै स्वस्थ्य र पारदर्शी ढंगले कार्यक्रमलाई अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । डा खतिवडाले भन्नुभयो, “प्रतिपक्षले भनेजस्तो यो बजेट न त बाइपंखी घोडा न त कछुवाको गतिमै कार्यान्वयन हुन्छ, हामी हाम्रै गतिमा हिँड्छौँ, कसैको उक्साहटमा लाग्दैनौँ, पहिलको भन्दा छिटो हिँड्छ ।

 बजेटले राखेको आर्थिक वृद्धिदरको लक्ष्य पूरा गर्छौ, यसले आर्थिक समृद्धिका लागि ठूलो फड्को मार्ने र  प्रतिपक्षले भनेजस्तो हावामा नभई खुट्टा जमीनमै टेकेको बताउँदै  डा खतिवडाले भन्नुभयो,

“ राष्ट्रिय उद्योगलाई संरक्षणको नीति दिएर पहिलो पटक बजेट ल्याएका छौँ । उद्योगलाई पारदर्शी व्यवहार गर्न सहयोग गरिरहेका छौँ । सरकारले निजी क्षेत्रमैत्री एकद्वार प्रणाली अवलम्बन   गरेको छ, धेरै पैसा कमाउनेलाई कर लगाउने कुरालाई निजी क्षेत्रसँग जोडर हेर्न हुन्न, धेरै सम्पति कमाउनेलाई निजी क्षेत्रसग जोड्दा अन्याय हुनेछ ।”

 अर्थमन्त्री खतिवडाले भन्नुभयो, “कुन मुलुक विश्वमा यस्तो छ, राज्यलाई प्रभावकारी भूमिकामा नराखी समाजवादी अर्थतन्त्र ल्याएको होस् । राज्य र निजी क्षेत्रको भूमिकालाई परिपूरक गरेर अघि लैजाने हो । आवतजावत गर्ने, सम्पत्ति कमाउने अधिकार सबै जनतालाई छ, कमाएको सम्पत्तिमा राज्यले कर लिने कुरा कसरी बेठीक हो ?”

 सघ, प्रदेश र स्थानीय तहको भूमिका परिपूरक रहेको र  अर्काे वर्ष प्रदेशमा बजेट थपिने उहाँले बताउनुभयो । डा खतिवडाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको बजेट रु एक खर्बभन्दा बढी प्रधानमन्त्री कार्यालयमा राखेकै कारण अधिनायकवादका रुपमा नहेर्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “लगानीको वातावरण बनाइन्छ, संस्थागत करका दरमा फरक पारेको छैन, वर्तमान सरकार निजी क्षेत्रलाई सम्मान गर्ने सरकार हो, सामाजिक सुरक्षाका स्वरुप र दायरा परिवर्तन हुँदैछ, बीमा र आवासका कुरा छन्, सामाजिक सुरक्षा भत्ता हामीले नै ल्याएका हौँ ।”

 बैठकमा नेपाली काँग्रेसका राधेश्याम अधिकारीले अर्थमन्त्रीसँग अदालतका लागि छुट्याइएको बजेट कम भएको विषयमा स्पष्टीकरण माग गर्नुभएको थियो । राष्ट्रियसभाको अर्काे बैठक यही जेठ २७ गते बिहान ११ बजे बस्नेछ ।

 

प्रकाशित मिति: २०७५,जेष्ठ,१८,शुक्रवार १२:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

देवदहमा भेटिएका शवको अझै पहिचान भएन
 २०७८,माघ,१२,बुधबार २०:५९
‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने
 २०७८,माघ,१२,बुधबार २०:५४