१२ औँ राष्ट्रव्यापी किसिपिडि बुदोकैदो प्रतियोगीता

किसिपिडि बूदोकैदो शाखाले १२औँ राष्ट्रियव्यापी ‘फुल कन्ट्याक्ट बुदोकैदोे तौल’ समूह प्रतियोगीता आयोजना गरेको छ ।
प्रतियोगीतामा ७ प्रदेशका १६५ जनाले भाग लिएका छन् ।
चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले कार्यक्रमको उद्घाटन गरेका छन् । कार्यक्रममा नेपाल बूदोकैदो संघका अध्यक्ष काजीमान श्रेष्ठ, चन्द्रागिरी नगरपालिका वडा नं ५ का अध्यक्ष कान्छा भाई महर्जन, ओ–सिकी कराँतेका अध्यक्ष रणबहादुर बोगटी आदि अतिथिहरुको उपस्थिति थियो ।
प्रतियोगीतामा १० वटा तौल समूहका खेलाडीहरु क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगीताको सेमी फाइनल र फाइनल भने जेष्ठ १९ गते हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?