२० मङ्सिर २०८०, बुधबार

नयाँ शक्तिद्वारा उम्मेदवार सिफारिश

२०७४,आश्विन,२५,बुधबार ०६:४२

0
Shares

जितपुर, कपिलवस्तु, २५ असोज ।आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि कपिलवस्तुमा नयाँ शक्ति पार्टीले उम्मेदवार छानेको छ ।तीन प्रतिनिधि सभा र छवटा प्रदेश सभा क्षेत्र रहेको यस जिल्लामा पार्टीको छैटौँ जिल्ला सचिवालय बैठकले उम्मेदवारको नाम टुङ्गो लगाएको हो । प्रतिनिधि सभा प्रत्यक्षतर्फ क्षेत्र नं १ मा प्रदेश संयोजक दानबहादुर चौधरी र रामलौटन तिवारी, क्षेत्र नं २ मा इन्द्रमणि पौडेल र क्षेत्र नं ३ मा इलियास मुसलमानलाई सिफारिश गरेको छ ।त्यस्तै प्रदेशसभातर्फ क्षेत्र नं १ को (क) मा मेघनाथ पौडेल र (ख) मा सुरेन्द्र तिवारी, क्षेत्र नं २ को (क) मा सन्तोष पाण्डे, (ख) मा राजेन्द्रमणि पाठक, क्षेत्र नं ३ को (क) मा मसहुद खां नेपाली, (ख) मा देवबहादुर भुसाललाई सिफारिश गरिएको छ ।त्यसैगरी प्रतिनिधि सभाको समानुपातिकतर्फ जिल्ला संयोजक नारायण खनाल, विष्णुहरि शर्मा, अब्दुल मोबिन मुसलमान, कुञ्ज विहारी चौधरी र मोहम्मद तौफिक खाँको नाम सर्वसम्मत रुपमा सिफारिश गरिएको पार्टी जिल्ला संयोजक नारायण खनालले जानकारी दिए ।यता प्रदेश सभाको समानुपातिकतर्फ क्षेत्र नं १ मा चोपलाल राहुल, इन्द्रमणि चौधरी र विन्द्रावती तिवारी, क्षेत्र नं २ तर्फ आत्माराम पौडेल र छविलाल हरिजन, क्षेत्र नं ३ तर्फ मोहम्मद इस्हाक र मुकुट यादवको नाम सर्वसम्मत रुपमा सिफारिश गरेको खनालले बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार ०६:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बुटवल । लुम्बिनी प्रदेश सरकारले वडका अत्तवारीको अवसरमा ३ वटा जिल्लामा आइतबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका छन् । मंगलबार बुटवलमा भएको निर्वाचनबाट कँडेल अध्यक्षमा निर्वाचित

काठमाडौं । लुम्बिनी प्रदेश नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान सकिएको । वुटवलमा जारी एमाले लुम्बिनीको पहिलो अधिवेशनमा कुल ९

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । केहीबेरअघि वुटवलमा अध्यक्ष पदका

ताजा समाचार