वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान मेसिन जडान

RSS
0
Shares

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान मेसिन जडान गरिएको छ ।

२ सय ५६ स्लाइस क्षमताको मेसिन बुधबारदेखि सञ्चालनमा ल्याइएको हो । यसअघि प्रतिष्ठानमा मेसिन बिग्रिएका कारण सेवा लिन बिरामी अन्यत्र जानुपर्ने अवस्था थियो ।

मेसिन जडानपछि बिरामीलाई सहज हुने प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलले जानकारी दिए । उक्त मेसिनबाट औसतमा दैनिक ४० जनाभन्दा बढीको सिटी स्क्यान गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?