गल्ती गरे ट्राफिक घरमै आउने !

काठमाडौँका अनगिन्ती समस्याहरुमध्ये मुख्य समस्या हो : ट्राफिक ।

सुन्दा नरमाईलो लाग्छ तर यही वर्ष मात्र सवारी साधन दुर्घटनाका कारण राजधानीमा १४९ जनाको मृत्यू भइसकेको छ । 

सडकमा बढेको मनपरीतन्त्र, अनियमितता र नियमहरुको कार्यान्वयनको कमीले गर्दा प्रत्येक दिन सडकले कैयौँ मानिसको ज्यान लिन्छ भने कति जनालाई अस्पतालको शैयाँसम्म पुर्याउँछ । कतिको घरबार उजाड्छ भने कतिलाई महलबाट फूटपाथसम्म झार्छ । 

लेन अनुशासन उल्लङ्घनका कारण मात्रै चालु आर्थिक वर्ष २०७४-७५ मा ३८,८१४ जना कारवाहीमा परिसकेका छन् भने मा.प.से, ट्याक्सी, जेबा्रक्रसिङ्ग, हर्न का कारण क्रमश २६,१९७, ६,६८०, ७,३९७ र १३,०१९ जना कारवाहीमा परिसकेको प्रहरीले बताएको छ ।

हिट एण्ड रन केस त झन् ‘कमन’ भइसकेको छ । कति सजिलो छ बाटोमा हिँडिरहेको मान्छेलाई ठक्कर दिन र आफ्नो गल्ती लुकाउनलाई त्यहाँबाट सुटुक्क भाग्न ! चालु आर्थिक वर्ष ०७४-७५ मा मात्रै ५२२ वटा हिट एण्ड रन केस प्रहरी कार्यलयमा दर्ता भएको छ । यस्तो केस बढेसँगै पीडकले झन प्रोत्साहन पाउने गरेका छन् भने पीडितले सास्ती । 

मिटर सिस्टममा नरही मनपरी ट्याक्सी भाँडा असुल्नु, भर्खरै पाटपूर्जा फुस्किन्छ जस्तै देखिने थोत्रा गाडी र टेम्पोहरुमा खचाखच मान्छे अनि त्यसबाट निस्कने हानिकारक धुवाँ, ट्राफिक लाईटको कमीले बाटो काट्दा आइपर्ने समस्या, फुटपाथ र सडक च्यापेर लावालस्कर खोलिएका पसल । यी सब हामीले दिनदिनै झेलिरहेका समस्या हुन् । ‘फुटपाथ’ पनि फुटकै लागि बनेको पाथ हो कि ‘ह्वीलपाथ’ हो चिन्न गाह्रो छ । 

मिटर सिस्टममा नरही मनपरी ट्याक्सी भाँडा असुल्नु, भर्खरै पाटपूर्जा फुस्किन्छ जस्तै देखिने थोत्रा गाडी र टेम्पोहरुमा खचाखच मान्छे अनि त्यसबाट निस्कने हानिकारक धुवाँ, ट्राफिक लाईटको कमीले बाटो काट्दा आइपर्ने समस्या, फुटपाथ र सडक च्यापेर लावालस्कर खोलिएका पसल । यी सब हामीले दिनदिनै झेलिरहेका समस्या हुन् । ‘फुटपाथ’ पनि फुटकै लागि बनेको पाथ हो कि ‘ह्वीलपाथ’ हो चिन्न गाह्रो छ । 

यस्ता घटनाहरु फेरि नदोहोरियोस् भनेर ट्राफिक प्रहरीले यही जेठ १६ बाट विशेष कार्यक्रम सञ्चालन गरेको छ । 

जसअन्तर्गत लेन अनुशासन कायम, आकाशे पुल र जेब्रा क्रसिङ्गको प्रयोग, ट्याक्सीमा मिटर सिस्टम कार्यन्वयन, सडक तथा फुटपाथ व्यवस्थापन, बस स्टपमा पिक एण्ड ड्रप व्यवस्थापन आदिका लागि प्रहरीले आफ्नो १०० जना जवान खटाईसकेको छ ।

दुर्घटना गरी फरार हुने र विभिन्न सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई सिसिटभी वा सर्भिलियन्स भेइकल मार्फत् निगरानी गर्ने र ऊ भागेमा उसलाई पहिचान गरेर घरमै गई कारवाही गर्ने प्रतिबद्धता प्रहरीले जनाएको छ ।

दुर्घटना गरी फरार हुने र विभिन्न सवारीना नियम उल्लङ्घन गर्ने सवारी साधनलाई सिसिटभी वा सर्भिलियन्स भेइकल मार्फत् निगरानी गर्ने र ऊ भागेमा उसलाई पहिचान गरेर घरमै गई कारवाही गर्ने प्रतिबद्धता प्रहरीले जनाएको छ ।

दुई चक्के सवारी साधन प्राय दुर्घटनाको मुख्य कारण हुने भएकाले यसको व्यवस्थापन साथै असामान्य आवाज निकाल्ने मोडिफाई गरेका बुलेटजस्ता बाईक माथि पनि प्रहरीले एक्सन लिने बताए ।

प्रहरीले सशक्तरुपमा नियम पालनामा जोड दिएर चाँडै सडक दुर्घटना न्यूनीकरण गर्ने र समयमै यात्रुहरुले गन्तव्यसम्म पुग्न पाउने वातावरण सिर्जना गर्ने कुरामा विशेष जोड दिने बताएका छन् ।  

आफ्ना योजनाहरुलाई कार्यान्वयन गर्ने क्रममा महानगरीय ट्राफिक प्रहरीले आज पत्रकार सम्मेलन गरेर यसरी यात्रुहरुले देख्ने ठाउँमा ट्याक्सीको ‘नम्बर स्टिकर’ टाँसेका छन् । यसो गर्नाले यात्रुहरुले आफ्नो सामान ट्याक्सीमै छुटेमा वा केही समस्या आइपरेमा प्रहरीलाई खबर गर्न सक्छन् भनेर प्रहरीले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?