महामन्त्रीमा जितेपछि कार्यकर्तामाझ गगन थापा, १७ तस्बिरमा हेर्नुहोस्

लोकपथ
3.4k
Shares

काठमाडौं । कांग्रेस महामन्त्रीमा गगनकुमार थापा सर्वाधिक मत ल्याएर विजयी भएका छन् । उनीसँगै विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा विजयी भए ।

थापाले २ हजार २३ मत र शर्माले १ हजार ९८४ मत ल्याएर निर्वाचित भएका कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

यस्तै महामन्त्रीका अन्य उम्मेदवार प्रकाशशरण महतले एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत ल्याएर पराजित भएका संयोजक घिमिरेले जानकारी दिए ।

उनका अनुसार निर्वाचनमा कुल चार हजार ६८२ मत खसेकोमा ४३ मत बदर भएको छ ।

अन्तिम परिणाम सार्वजनिक भएपछि हँसिलो मुद्रामा उपस्थित भएर थापा र शर्माले सानेपास्थित पार्टी कार्यालयमा उपस्थित कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?