चौथोपटक मन्त्रिपरिषद विस्तार, यी हुन् फोरम नेपालका मन्त्री

काठमाडौं । संघीय समाजवादी फोरम नेपालले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । 

टुंगो लागेको नामहरुमा स्वास्थ्य मन्त्रालयमा उपेन्द्र यादव र शहरी विकास मन्त्रालयमा मोहम्मद इस्तियार राइन हुन् । उनीहरुको आजै सपथ गराइने तयारी भएको छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी फोरमका तर्फबाट २ जनालाई सरकारमा सहभागि गराएर मन्त्रिपरिषद विस्तार गर्ने छन् । यो सँगै प्रधानमन्त्री ओलीले चौथोपटक मन्त्रिपरिषद विस्तार गर्ने भएका हुन्  । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?