कांग्रेस सहमहामन्त्रीको मतगणना सुरु

लोकपथ
357
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदको मतगणना सुरु भएको छ ।

महामन्त्री पदको अन्तिम नतिजा आएसँगै केहीबेरअघि सहमहामन्त्रीको मतगणना सुरु भएको हो ।

आज मुख्यतया दलित, जनजाती र महिलातर्फको मतगणना हुनेछ ।

दलिततर्फ गंगा सुनार, जीवन परियार, मानबहादुर विश्वकर्मा, जनजातीतर्फ विकाश लामा, भीष्मराज आङ्देम्बे, महिलातर्फ कमला पन्त र महालक्ष्मी उपाध्याय ‘डिना’ उम्मेदवार रहेका छन् ।

समितिले सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सकेर नतिजा सार्वजनिक गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?