सुर्खेतमा मदन भण्डारी राजमार्गको सर्भे सुरु

युवराज पंगाली / सुर्खेत । सरकारले मदन भण्डारी राजमार्ग निर्माणको घोषणा गरे सँगै सुर्खेतमा राजमार्ग निर्माणको सर्भे सुर भएको छ ।

सुर्खेतको बोटेचौर बड्डीचौर, सडक खण्डमा पर्ने धुलीयाबिट भेडाबारी सडक खण्डको करिब ३७.४०० किलो मिटर सडकको सर्भे बिहीबारदेखी सुरु भएको हो ।

कर्णाली प्रदेशका भौतीक पूर्वाधार मन्त्री खड्क बहादुर खत्रीसहित सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ का प्रदेश संसद ठम्मर विष्ट लगाएत सडक डिभिजन कार्यलय सुर्खेतको टोलीले सर्भे सुरु गरेको हो ।

राजमार्ग निर्माणको विस्तृत परियोजना सर्भे पश्चात भौतिक पूर्वाधार तथा योजना मन्त्रालयबाट योजना स्विकृत भएपछि काम सुरु हुने सडक डिभिजन कार्यलय सुर्खेतका प्रमुख बेलबहादुर भुजेलले जानकारी दिए ।

झापाको शान्तिनगरबाट सुरु हुने राजमार्ग,  सुनसरीको धरान, चतरा, उदयरपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा, नवलपरासीको गैंडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको रिडी पुग्नेछ । 

त्यस्तै गुल्मीको तम्घास, शिमलटारी, प्युठानको बागदुला, देवीस्थान, दाङको घोराही, तुलसीपुर, पुरनधारा,  सुर्खेतको बोटेचौर, बड्डीचौर, डोटीको सिमचौर, वीपीनगर, कैलालीको सहजपुर, डडेलधुराको बुडर, जोगबुढा हुँदै रुपालसम्म पुग्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?