पाल्पा बस दुर्घटना ताजा अपडेटः १३ को मृत्यु, १० घाइते (विवरण सहित)

काठमाडौं । लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको सहकारीको अवलोकन भ्रमण टोली लिएर हिडेको लु २ त ९७५ नं. बस दुर्घटना भएको हुँदा १२ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्  

शुक्रबार बिहान ९ः३० बजे रम्भा गाउँपालिका –४, होमिनमा बस दुर्घटना हुँदा १२ जनाको घटना स्थलमै मृत्यु भएको छ भने घाइते १० जनाको मिसन अस्पताल तानसेन पाल्पामा उपचार भइरहेको छ । 

प्राप्त जानकारी अनुसार दुर्घटनाका एक जनाको घाइतेलाई लुम्विनी मेडिकल कलेजमा रिफर गरिएको छ । 

मृत्यु हुनेमा तानसेन नगरपालिका– ४ का विष्णुमान बज्राचार्य, तानसेन ३ का देवेन्द्रलाल प्रधान, तानसेन ३ कमला कार्की, तानसेन ३का कृष्णमान बज्राचार्य, तानसेन ३ का छत्रमान शाक्य, तानसेन ६ का सुशिलप्रसाद श्रेष्ठ, तानसेन ६ का गिता बुढाथोकि, तानसेन ३का लोकनाथ ढकाल, तानसेन ३ का दुर्गाबहादुर सारु, तानसेन ६ का सचिन बच्राचार्य, तानसेन २ का कृष्णबहादुर बोहरा र तानसेन २ बसन्ती खाणँ रहेका छन् भने अर्का एक जनाको नाम खुल्न नसकेको पाल्पाका प्रहरी निरीक्षक अमृत भण्डारी जानकारी दिए । 

चलक अर्जुन थापा तथा सहचालक विमल रञ्जनको मिसन अस्पतालमा उपचार भइरहेको छ । 

अन्य घाइतेहरुमा प्रफुल्ल शर्मा, उत्तम कुमार बज्राचार्य, ओम मलेगो, मिना खाम्चा, मुना सारु र प्रविण बज्राचार्यको उपचार भइरहेको छ । घाइत मध्य प्रविण बज्रार्चायको लुम्विनी मेडिकल कलेज र अन्यको मिसन अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?