सेयर बजारमा ३७.८७ अंकको गिरावट, २ अर्बमा खुम्चियो कारोबार

लोकपथ
286
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि सेयर बजारले ओरालो लागेको छ । योसँगै यस साता मंगलबार बाहेक ४ दिन सेयर बजार घटेको छ ।

अन्तिम कारोबार दिन आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ३७.८७ अंकले घटेर २३७६.७४ बिन्दुमा पुगेको छ ।

यता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ५.८८ अंकले बढेर ४५३.५३ बिन्दुमा पुगेको छ ।

बिहीबार कुल २२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३० करोड १७ लाख ५१ हजार ६९८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कुल १३ वटा उपसमूहमा म्युचुअल फण्डबाहेक अन्य सबै समूहको सेयर मूल्य घटेको छ । आज विकास बैंक र हाइड्रोपावर समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?