राष्ट्रियसभा बैठकः अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रियसभाको आजको बैठकमा आव २०७५-७६ को राजश्व र व्ययको अनुमानमाथिको छलफलमा सांसदहरुले उठाएका विषयमा जवाफ दिने भएका छन् । 
बिहीबारदेखि राष्ट्रियसभामा आर्थिक वर्ष २०७५-७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएकामा आज छलफल सकिएलगत्तै अर्थमन्त्रीले जवाफ दिने कार्यसूचिमा उल्लेख रहेको छ । 
अर्थमन्त्री खतिवडाले संघीय संसद्को संयुक्त सदनमा यही जेठ १५ गते बजेट प्रस्तुत गरेका थिए । बिहीबारको छलफलमा २२ जना सदस्यले भाग लिएका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?