काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी भएका छन् ।
पार्टी कार्यालय सानेपामा जारी मतगणना अनुसार शर्मा महामन्त्रीमा विजयी हुने निश्चित भएको हो । मतगणनाको अन्तिम परिणाम आउने क्रममा उनलाई पच्छ्यारहेका डा. प्रकाशशरण महतलाई केही सय मतको मतान्तरसहित जित निश्चित बनेको हो । त्यस्तै महामन्त्रीका अर्का उम्मेदवार गगन थापाले शर्मासँगै ठूलो मतान्तरसहित विजय हासिल गरेका छन् । शर्मा र थापाको मतान्तर ७-८ सय बढी हुने देखिन्छ । यद्यपी मतगणना जारी रहेको छ ।
थापा डा. शेखर कोइराला टिमबाट महामन्त्रीका उम्मेदवार बनेका हुन् । भने शर्मा प्रकाशमान सिंहको टिमबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । केहीबेरमा अन्तिम मतपरिणाम आउनेछ ।
दुई जना महामन्त्रीका लागि ६ जनाको उम्मेदवारी परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया