पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको यात्रुवाहक बस रम्भामा दुर्घटना

काठमाडौं । पाल्पाको तानसेनबाट रामपुर जाँदे गरेको बस रम्भा गाउँपालिका–४ होमिनमा दुर्घटना भएको छ । 

शुक्रबार बिहान लु१ख ९७५ नम्बरको यात्रुवाहक बस रम्भामा दुर्घटना भएको हो । बसमा १७ जना यात्रु रहेको बताइए पनि विस्तृत विवरण आउन बाँकी छ । 

जिल्ला प्रहरी कार्यालय, पाल्पाले दुर्घटनाका बारेमा जानकारी गराउँदै उद्धारका लागि घटनास्थलतर्फ प्रहरी गएको जनाएको छ । 

प्रहरीका अनुसार बस सडकबाट करिब २ सय मिटर तल खसेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?