नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा विजयी

लोकपथ
4k
Shares

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा विजयी भएका छन् ।

पार्टी कार्यालय सानेपामा जारी मतगणनाअनुसार उनी ठूलो मतान्तरले विजयी भएका हुन् । सुरुवाती चरणबाटै अग्रता कायम गरेका थापाले ठूलो मतान्तरसहित महामन्त्रीमा विजयी हुने आकलन गर्न सकिन्छ ।

त्यस्तै उनलाई अर्का उम्मेदवार विश्वप्रकाश शर्माले पच्छ्याइरहेका छन् । अब केही सय मात्रै मत गणना गर्न बाँकी रहँदा थापा र शर्माबीच ७-८ सय बढीको मतान्तर हुने देखिन्छ । यद्यपि अहिले पनि मतगणना कार्य भने जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?