फोरम राजपा गठबन्धन सरकार टुट्छ, कि त राजपा संघीय सरकारमा आउँछ

काठमाडौं । सत्तारूढ नेकपाको आगामी लक्ष्य प्रदेश नम्बर २ को सरकार बनाउने रहेको छ । देशभरका ६ वटै प्रदेशमा नेकपाको सरकार रहेको छ । प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरमले राष्ट्रिय जनता पार्टीको सहयोगमा गठबन्धन सरकारको नेतृत्व गरिरहेको छ । फोरमका नेता तथा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई विवादित बनाउने काम तीव्रगतिमा भइरहेको छ । पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा मोदीको समक्ष आन्दोलन जारी रहेको अभिव्यक्ति दिलाएर लालबाबु राउतलाई विवादमा ल्याउने काम भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्री राउतले गलत सन्देश दिएको बताए असन्तुष्टि सार्वजनिक गरिसकेका छन् । अर्कोतर्फ फोरमले नेकपासँग संघीय सरकारमा जाने गरी दुई बुँदे सम्झौता गरेको छ । संघीय सरकारमा फोरमलाई ठाउँ दिएपछि नेकपाले मधेशमा आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्नु स्वाभाविक नै छ ।  राष्ट्रिय जनता पार्टी केही नेताहरूले प्रदेश नम्बर २ मा सरकार बनाउने अनि संघीय सरकारमा नेकपासँग सरकारमा नजाने पार्टीको नीतिलाई गलत मानिरहेका छन् । उनीहरूले भनिरहेका छन् – ''फोरम सरकारमा जानु हुन्छ भने राजपा किन जानु हुँदैन? ” राजपाका नेताहरूमा मतैक्य छैन् । अध्यक्ष मण्डलका अध्यक्षहरूको सामूहिक निर्णय सबै विषयमा लागू गरेर समस्या उत्पन्न गराएका कतिपय राजपाका नेताहरूको बुझाइ छ । अध्यक्ष मण्डलमा ६ जना अध्यक्ष छन् । संयोजक महन्थ ठाकुरलाई बनाएपनि उनलाई स्वतन्त्र विवकेको प्रयोग गर्न खोजेको देखिँदैन् । हालै मात्र नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अध्यक्ष मण्डलका नेताहरूसँगको भेटमा महन्थ ठाकुरलाई सभामुख प्रस्ताव गरेका थिए । तर राजपाका नेताहरूले निर्णय लिन ढिला गरे पछि फोरमले नेकपासँग सम्झौता गरी सरकारमा जाने बाटो सुनिश्चित गरेको छ ।

यसविषयमा नाम नखुलाउने शर्तमा राजपाका एक नेताले भने “राजपाका अध्यक्ष मण्डलको बैठक बस्ने भनिएकोमा बस्न सकेन् । ठाकुरलाई आएको सभामुखको प्रस्ताव र फोरमको सम्झौताले खडाको राजनीतिक सवालहरूको हल खोज्न अध्यक्ष मण्डलको बैठक बसेन् ।”

अध्यक्ष मण्डलमा केही सरकारमा जानु पर्ने लाइनका छन भने केही जानु  नहुने लाइनका छन् । ठाकुर भने कतै पक्षधरता खुलाएका छैनन् ।

यस्तोमा राजनीति हुन सक्दैन् । राजनीतिमा राजनीतिक दलका नेताहरूले चालेका चालको जवाफ तत्क्षण जवाफ फर्काउने र स्थिति आफ्नो हातमा राख्नुपर्नेमा राजपा संगठनात्मकरूपले एक भएकै छैन् । 

सम्झौता भएपछि फोरमका अध्यक्ष उपेन्द्र यादवले एक अन्तर्वार्तामा भने “ हामीले प्रदेश सरकार राजपासँगकै गठबन्धनलाई निरन्तर दिनेछौं ।”

राजपाका नेताहरूले यादवले नेकपासँगको सम्झौतामा हस्तक्षर भएको केही बेरमा भनेका थिए –यादवले गठबन्धनको आचरण पालना गरेनन् । सरकारमा जाने सम्झौता यादवको एकल निर्णय भयो ।”

राजपाका नेताहरूको यो भनाइबाट झल्केको निराशा र हताशालाई बुझेर यादवले राजपासँगको गठबन्धन टुटाउने नभइ निरन्तरता दिने बताएको हुन सक्ने राजपाका नाम नखुलाउने ती नेतालेजनाए ।

तर उनी भन्छन् –देखिएको राजनीतिक घटनाले फोरम राजपा गठबन्धन टुटछ । कि त राजपा सरकारमा आउँछ ।”

यी दुई विकल्प भएन भने फोरम पनि सरकारबाट बाहिरिन्छ । नेकपालाई सरकार चलाउनका लागि चाहिने आवश्यक बहुमत छ । अर्कोतर्फ संविधान संशोधनका लागि चाहिने मतदान फोरम राजपाले गर्ने छ । यस्तो भएमा प्रदेश नम्बर २मा नेकपाको नेतृत्वमा फोरम राजपाको गठबन्धन सरकार बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?