काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ ।
सो क्रममा गगन थापाले सुरुवाती अग्रतालाई कायमै राखेका छन् । त्यसैगरी उनलाई पच्छ्याउँदै विश्वप्रकाश शर्मा अघि बढिरहेका छन् । २ हजार ५ सय २० मतगणना गर्दा शर्माले १ हजार मत कटाएका छन् ।
जसअनुसार विश्व प्रकाश शर्माले १०१९ मत प्राप्त गरेका छन् । त्यसैगरी गगन कुमार थापाले १६४८, प्रकाशशरण महतले ८२७, प्रदीप पौडेलले ७४६, डा. मिनेन्द्र रिजालले ४३६, राजाराम कार्कीले ६४ मत प्राप्त गरेका छन् ।
मतगणना पार्टी कार्यालयमा जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया