काठमाडौं । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राजीनामा दिने भएका छन् ।
बिहीबार दिउँसो नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवार रहेका रिजालले राजीनामा दिने जानकारी गराएका हुन् ।
उनले ट्वीट गर्दै महाधिवेशनमा प्राप्त मतलाई दृष्ट्रिगत गर्दै राजीनामा दिएको जानकारी दिएका छन् । त्यस्तै महामन्त्रीको अन्तिम परिणाम आएपछि प्रधानमन्त्रीलाई राजीनामा बुझाउने बताएका छन् ।
नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।
— Minendra Rijal (@MinendraRijal) December 16, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया