कांग्रेस महामन्त्री मतगणना अपडेट : ठूलो अन्तरमा गगनलाई पछ्याउँदै विश्वप्रकाश

लोकपथ
987
Shares

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी  छ । हालसम्म गगन थापाले सुरुवाती अग्रता कायम राख्दै मतान्तर बढाउँदै लगेका छन् ।

हालसम्म २१ सय हाराहारीमा मतगणना गर्दा थापाले १३८५ मत प्राप्त गरेका छन् । त्यसैगरी ठूलो अन्तरमा विश्वप्रकाश शर्माले पच्छ्याइरहेका छन् । विश्वप्रकाश शर्माले ८५१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी अन्य उम्मेदवारहरुमा प्रदिप पौडेलले ६२१, प्रकाशशरण महत ६९८, मिनेन्द्र रिजाल ३६५ र राजाराम कार्कीले ५८ मत प्राप्त गरेका छन् ।

कांग्रेसको महामन्त्रीका दुई सिटका ६ जना मैदानमा रहेका छन् । जसमा सभापति शेरबहादुर देउवाका प्यालनबाट डा. प्रकाशशरण महत र प्रदीप पौडेल रहेका छन् ।

त्यसैगरी डा. शेखर कोइरालाको प्यानलबाट गगन थापा र डा. मीनेन्द्र रिजाल रहेका छन् । त्यस्तै प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधिको प्यालनबाट राजाराम कार्की उम्मेदवार छन् ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार अवको चार घण्टामा मतपरिणाम सार्वजनिक हुनेछ ।

बुधबार बिहान आएको नतिजाअनुसार सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । भने बुधबार रातिको नतिजाअनुसार उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङले जीत हासिल गरेका छन् ।

कांग्रेस पार्टी कार्यालय सानेपामा मतगणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?