अमेरिकाको व्यापार महसुल बृद्धिको आलोचना

एजेन्सी : अमेरिकाले लगाएको व्यापार महसुलको व्यापक आलोचना भएको छ ।

युरोपियन युनियन, क्यानाडा र मेक्सिकोबाट आउने फलाम र अल्मुनियममा लगाइएको आयात करको रिपब्लिकन उच्च कांग्रेस सदस्यहरूले आलोचना गरेका छन् ।

अमेरिकाको यो कदमबाट प्रभावित भएका देशहरूले आक्रोश व्यक्त गर्दै जस्ताको त्यस्तै व्यवहार प्रर्दशन गर्ने भएका छन् ।

फ्रान्सका राष्ट्रपतिले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई टेलिफोन गरी अमेरिकाको यो कदम अवैधानिक भएको भन्दै आक्रोश पोखे । इम्मानुएल म्याक्रोनले इयुले यस्तै व्यवहार गर्ने बताएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले फलम र अल्मुनियम राष्ट्रिय सुरक्षाका लागि महत्वपूण भएको र विश्वव्यापी आपूर्तिको भार खतरा उत्पन्न गराएको भन्दै फलाम र अल्मुनियममा लगाएको महसुल थप्ने निर्णय सही भएको पुष्टि गरेकाछन् ।

तर अमेरिकाका सहयोगी राष्ट्रहरूले त्यसलाई ट्रम्पको भनाइलाई अस्वीकार गरेका छन् । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडउले  ट्रम्पको व्याख्या एक अपमान भएको बताए ।

उनले भने “ क्यानाडा अमेरिकाको राष्ट्रिय सुरक्षामा खतारा भएको भन्ने कथन अविश्वसनीय छ । ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?