चश्मा लगाउने वास्तवमै बढी स्मार्ट हुन्छन्

एजेन्सी : चश्मा लगाउनेहरू नलगाउनेहरू भन्दा बढी प्रतिभावान हुन्छ । वैज्ञानिकहरूले गरेको अध्ययनबाट जसको दृष्टि एक दम ठीक छ र जसले चश्मा लगाएर भिजन ठीक पार्नु पर्छ उनीहरू बढी प्रतिभावान हुने पता लागेको छ ।

युनिभर्सिटी अफ इडिनबर्गका अनुसन्धानकर्ताहरूले बौद्धिकता(इन्टेलिजेन्स) र कमजोर नेत्र दृष्टिबीचको अध्ययन गरेका छन् । विश्वकै सबैभन्दा ठूलो संज्ञानात्मक क्रियाको अनुवांशिक अध्ययन गर्ने अनुसन्धानकर्ताहरूले यस्तो निष्कर्ष निकालेका हुन् ।

यो अध्ययन १६ वर्ष देखि १०२ वर्ष उमेर समूहका  ३ लाख ४सय ८६ जनामा गरिएको थियो । यसमा अस्ट्रेलिया, युरोप र उत्तर कोरियाका ५७ अध्ययनहरू समावेश गरिएका थिए ।

संज्ञानात्मक क्रियाको योग्यता अंक जस्ता विभिन्न किसिमको परीक्षण गरिएको थियो । यो परीक्षणमा उच्चतम अंक ल्याउनेहरूको प्रतिशत ३० थियो । यसरी राम्रो अंक ल्याउनेहरूमा धेरै लाई चश्मा चाहिएको थियो । जसले कमजोर अंक पाए उनीहरूलाई चश्माको आवश्यकता थिएन ।

यसका साथै अध्ययन संज्ञानात्मक क्रिया योग्यता र अनुवांशिक तत्व (जीन)सँग सम्बन्धबारे पनि केन्द्रित थियो । जसले ह्दय स्वास्थ्यमा राम्रो भूमिका खेल्छ । तर अध्ययनले भने व्यक्तिको वौद्धिकता,कमजोर आँखा दृष्टि र ह्दय स्वास्थ्यबीचको सहसम्बन्ध किन्न हुन्छ भन्ने बारे जानकारी गराएको छैन् ।

वैज्ञानिकहरूका अनुसार यो अध्ययनले अल्जाइमरका रोगीहरूका लागि सहयोग पु¥याउनेछ । यो अध्ययन टोलीले १४८ जीनहरूमा स्मृति, तर्कशक्ति, तीव्र गतिको मानसिक प्रक्रिया र विशेष जागरण जस्ता सोचाइ सीपलाई अझ राम्रो बनाउने विषयमा अध्ययन गरेको हो ।

यस मध्ये ५८जीन यसअघि देखा परेका थिएनन् । डेमेन्सिया जस्ता मानसिक रोगमा संज्ञानात्मक क्रियामा ह्रास हुने विषयमा यो अध्ययनले केही नतिाज प्राप्त गरेको छ । अध्ययनबाट सोचाइ सीपहरूमा अनुवांशिक तत्वको योगदान रहने गरेको छ ।

राम्रो संज्ञानात्मक क्रिया र राम्रो सोचाइ सीपका लागि जनीको क्षेत्र ह्दय स्वास्थ्य र मानसिक स्वास्थ्यसँग सम्बन्ध हुन्छ । राम्रो सोचाइ सीपले फोक्सोको क्यान्सरको जोखिम घटाउँछ र दीर्घजीवी बनाउँछ ।

यो अध्ययनका अगुवा इयान डियरीका अनुसार जीन र बौद्धिकताबीचको सम्बन्धबारे गरिएको अध्ययनमा उनीहरूले केही प्राप्त गर्न सकेका छैनन्
। तर उनीहरूले राम्रो सोचाइका लागि समग्रमा राम्रो स्वास्थ्य हुनु देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?