४ जेठपछि  कार्यालय गएका छैनन् ओली र प्रचण्ड, कार्यालय कहाँ ?

काठमाडौँ-३ जेठमा पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी घोषणासँगै  ४ जेठमा अध्यक्ष केपी ओली र प्रचण्डले पेरिसडाँडा र धुम्बाराही पार्टी कार्यालय संयुक्त रूपमा उद्घाटन गरे । तर, त्यसपछि दुवै अध्यक्ष कुनै पनि कार्यालयमा गएका छैनन् ।  पार्टीका नेता–कार्यकर्तासँग भेटघाट ओलीले बालुवाटार र प्रचण्डले खुमलटार निवासमै गर्दै आएका छन्, आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ  ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्यालय टुंगो लगाएको छ । तत्कालीन एमालेको धुम्बाराही र माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यालयलाई समानान्तर रूपमा प्रयोग गर्ने गरी टुंगो लगाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?